रिलायन्सले आईपीओ जारी गरेको दोस्रो दिनमै दोब्बर आवेदन, आज कतिले भरे ?

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्काशन गरेका दाेश्राे दिन दोब्बरभन्दा बढी आवेदन परेको छ । भदाै ५ गते अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार दुई लाख ९३ हजार ९ सय २५ जनाले कम्पनीकाे सेयरकाे लागि आवेदन दिएका हुन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आवेदकले १ करोड २६ लाख ७० हजार ९६० कित्ता अर्थात एक [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्काशन गरेका दाेश्राे दिन दोब्बरभन्दा बढी आवेदन परेको छ । भदाै ५ गते अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार दुई लाख ९३ हजार ९ सय २५ जनाले कम्पनीकाे सेयरकाे लागि आवेदन दिएका हुन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आवेदकले १ करोड २६ लाख ७० हजार ९६० कित्ता अर्थात एक अर्ब २६ करोड ७० लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणमा कूल ५६ लाख ७० हजार कित्ता सेयर माग गरेकाे थियाे ।

Share News