एनआरएन इन्फ्रास्टक्चरको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ्ग रेञ्ज कति ?

<p>काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । [&hellip;]</p>

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआरएन दिईएको छ ।

यससँगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो । जसमा ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका थिए ।

सम्बन्धित समाचारः

९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?

 

Share News