फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद गरी सो मत्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद गरी सो मत्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव भदौ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल लघुवित्तको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ । ९.५० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ ।

Share News