नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले लाभांश वितरण गर्ने

<p>काठमाडौं । नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । दुबैले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । यससँगै व्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, नबिल [&hellip;]</p>

काठमाडौं । नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । दुबैले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् ।

यससँगै व्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ ।

Share News