वस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै धितोपत्र बोर्ड, सहभागी हुने कसरी ?

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालन गराउने सम्बन्धी जानकारी गराएको हो । बोर्डले भदौ १२ गते शुक्रबार दिनको एक बजे नयाँ मोडालिटी अनुसारको बेसीक लेभल पाठक्रममा आधारित रहि उक्त कार्यक्रम गर्ने भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालन गराउने सम्बन्धी जानकारी गराएको हो ।

बोर्डले भदौ १२ गते शुक्रबार दिनको एक बजे नयाँ मोडालिटी अनुसारको बेसीक लेभल पाठक्रममा आधारित रहि उक्त कार्यक्रम गर्ने भएको छ । बोर्डले वेवीनार मार्फत दुई घण्टाको उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रमको संयाेजकमा डा. नबराज अधिकारी रहेका छन् । त्यस्तै, प्रस्तोतामा बोर्डको निर्देशक अन्जु महतो, सीडीएससीको सहायक व्यवस्थापक सुरेश न्यौपाने र धितोपत्र बजार विज्ञ कृष्ण गिरी रहेका छन् भने सहजकर्तामा अनुज कुमार रिमाल रहेका छन् ।

इच्छुकले बोर्डले उपलब्ध गराएको जुम लिंक प्रयोग गरी प्रत्यक्ष संलग्त हुन सक्ने छन् । साथै बोर्डको फेसबुक पेजबाट पनि सहभागी हुन सक्ने बोर्डले जानकारी गराएको छ ।

इच्छुक लगानीकर्ताले कार्यक्रम शुरु हुनु अघि नै तल दिईएको जुम लिंक मार्फत दर्ता गर्न सक्ने छन् ।

यस्तो छ धितोपत्र बोर्डले उपलब्ध गराएको जुम तथा फेसबुक लिंक:


 

Share News