समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आगामी शनिबार हुने भएको छ । भदौ ८ गते निष्काशन बन्द भएको कम्पनीको आईपीओ भदौ १३ गते बाँडफाँड गर्ने तयारी गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । संस्थाले गत भदौ ४ गतेदेखि ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आगामी शनिबार हुने भएको छ । भदौ ८ गते निष्काशन बन्द भएको कम्पनीको आईपीओ भदौ १३ गते बाँडफाँड गर्ने तयारी गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

संस्थाले गत भदौ ४ गतेदेखि ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ

जसमा सर्वसाधारणको ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएकाे छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।

Share News