५ लाख ६७ हजारले पाए रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर, साढे २० हजारकाे हात खाली

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज बाँडफाँड भएको छ । जस अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले कम्पनीको सेयर पाएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले ५६ लाख ७० हजार कित्ता सेयर हात [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज बाँडफाँड भएको छ । जस अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले कम्पनीको सेयर पाएका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताको दरले ५६ लाख ७० हजार कित्ता सेयर हात पारेका छन् । बाँकी २० हजार ५ सय ९ जना आवेदकको भने हात खाली भएको छ ।

गत भदौ ४ गतेदेखि ८ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आबेदन परेको थियो । जसमध्ये ५ लाख ८७ हजार ५ सय ९ वटा आवेदन योग्य भएका छन् भने बाँकी एक हजार ९ सय ५५ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट २ कराेड २९ लाख २६ हजार १० कित्ता सेयरकाे लागि आवेदन परेकाे थियाे ।  जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ४.०४ गुणाले बढी हो । इन्स्योरेन्सले सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो ।

इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।

Share News