लक्ष्मी इक्वीटी फण्डले नगद लाभांश वितरण गर्ने

<p>काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ १२ गते शुक्रबार सम्पन्न संस्थाको ६०औं सञ्चालक समितिको बैठकले गरेको [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव भदौ १२ गते शुक्रबार सम्पन्न संस्थाको ६०औं सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले पारित गरेपछि इकाईधनीहरुले सो मात्राको नगद लाभांश पाउने छन् ।

Share News