नेप्से सामान्य अंकले बढ्दा साढे एक अर्ब माथिको सेयर कारोबार

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । टीएमएसमा समस्या आएर बीचमा केही समय रोकिएपछि बेलुकी सवा ५ बजेसम्म कारोबार भएको बजारमा परिसूचक ४.६४ अंकले बढेर १४६२ अंकमा पुगेको हो । नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि सेन्सेटिभ इन्डेक्स सामान्य अंकले ओरालो लागेको छ । सामान्य अंकले उकालो लागेको बजारमा साढे एक [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । टीएमएसमा समस्या आएर बीचमा केही समय रोकिएपछि बेलुकी सवा ५ बजेसम्म कारोबार भएको बजारमा परिसूचक ४.६४ अंकले बढेर १४६२ अंकमा पुगेको हो ।

नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि सेन्सेटिभ इन्डेक्स सामान्य अंकले ओरालो लागेको छ ।

सामान्य अंकले उकालो लागेको बजारमा साढे एक अर्ब माथिको सेयर किनबेच भएको छ । सो दिन एक सय ८६ कम्पनीको ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता सेयर एक अर्ब ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको ३१ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एनआरएन इन्फ्राइस्टस्चरको ११ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ५ रुपैयाँ पुगेको छ । आइतबार कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

बजारमा कारोबारमा आएका ३ समूहबाहेक बाँकी समूह हरिया देखिएका छन् । बैंकिङ, विकास बैंक र म्युचअल फण्ड समूह क्रमशः ७.४४, ०.४५ र ०.०३ अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९४ अंकले बढेको छ ।

सम्बन्धित समाचारः

टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ?

टीएमएसमा समस्या आएपछि लगानीकर्ता तनावमा, भन्छन्- खातामा नभएको सेयर पनि बेचियो, कतै जरिवाना लाग्ने त हैन ?
टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी

Share News