समाज लघुवित्तको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भोलि सोमबार(भदौ १५ गते) बाँडफाँड हुने भएको छ । यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले सो दिन गर्न नसकिएकोले भोलि गर्ने निर्णय भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धुर्व तिमल्सिनाले भोलि दिउँसो दुई [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भोलि सोमबार(भदौ १५ गते) बाँडफाँड हुने भएको छ । यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले सो दिन गर्न नसकिएकोले भोलि गर्ने निर्णय भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धुर्व तिमल्सिनाले भोलि दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जानकारी गराएका छन् । साथै, क्यापिटलको फेसबुक पेजबाट पनि लाइभ गरिने उनले बताए ।

संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ ।

गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।

संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे ।

सम्बन्धित समाचारः

८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने

Share News