लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

<p>काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक [&hellip;]</p>

काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक सय २६ वटा आवेदनहरु रितपूर्वक नभएकोले रद्द गरिएको छ । बाँकी एक लाख ८८ हजार ३ सय ७३ वटा आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ ।

सो मध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति सेयर पाएका छन् । एक लाख ५१ हजार ८ सय १५ जना आवेदकलाई उनीहरुले माग गरेबमोजिम २२ लाख ८ हजार ८ सय ९० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

त्यसैगरी ४० देखि १५ हजार कित्तासम्म माग गर्ने ३६ हजार ५ सय ९८ जना आवेदकलाई ३० कित्ताका दरले बाँडफाँड गरिएको छ । उनीहरुलाई जम्मा १० लाख ९६ हजार ७ सय ४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

र, यसरी बाँडफाँड गर्दा बाँकी रहेको २ लाख ५६ हजार २ सय कित्ता सेयर ४० देखि १५ हजार कित्ता माग गर्ने आवेदकहरुलाई थप १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ । यससँगै, २५ हजार ६ सय ३० जना आवेदकले कम्पनीको कूल ४० कित्ता सेयर हात पारेका छन् ।

तीन वटा आयोजना रहेको कम्पनीले निकट भविष्यमा विद्युत् उत्पादन गर्ने र प्रतिवद्धता गरे अनुसारको लाभांश वितरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचारः 

लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ

Share News