समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै (लाइभ)

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भइरहेको छ । संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको थियो । जस अनुसार ८ हजार ७० जना आवेदकले [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भइरहेको छ ।

संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको थियो । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताको दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।

समाज लघुवित्तकाे समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै {LIVE}

Gepostet von Bikashnews.com am Montag, 31. August 2020

संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो ।

Share News