एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डले तोके बुक क्लोजको मिति

<p>काठमाडौं । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेकाे एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । यी दुई फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका उक्त एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय भदौ १६ गते [&hellip;]</p>

काठमाडौं । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेकाे एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । यी दुई फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका उक्त एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

उक्त निर्णय भदौ १६ गते बसेको एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

Share News