मेरो सेयरकाे ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द

<p>काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को मेरो सेयर सफ्टवेयरमा &#8216;माई पोर्टफोलियो&#8217; हेर्न सुविधा अनिश्चितकालको लागि बन्द भएको छ । मेरो सेयरको &#8216;माई पोर्टफोलियो&#8217;मा प्राविधिक समस्या देखिएकाले सीडीएससीले केही समयको लागि उक्त सेवा सुविधा बन्द गरेको हो । उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको छ । ‘विगत [&hellip;]</p>

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)को मेरो सेयर सफ्टवेयरमा ‘माई पोर्टफोलियो’ हेर्न सुविधा अनिश्चितकालको लागि बन्द भएको छ । मेरो सेयरको ‘माई पोर्टफोलियो’मा प्राविधिक समस्या देखिएकाले सीडीएससीले केही समयको लागि उक्त सेवा सुविधा बन्द गरेको हो ।

उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको छ ।

‘विगत केही दिनदेखि प्राविधिक समस्याको कारणले मेरो सेयरको माई पोर्टफोलियोमा लाष्ट ट्रान्जेक्सन प्राइस(पछिल्लो कारोबारको मूल्य) तथा लाष्ट क्लोजिङ प्राइसमा अन्तिम मल्य प्राप्त गर्न सकिएकाे छैन । त्यसैले उक्त समस्या समाधानको लागि आवश्यक कार्य भइरहेकोले हालको लागि माई पोर्टफोलियो हेर्ने सुविधा बन्द गरिएको हो ।’- सीडीएससीले भन्याे ।

साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।

Share News