काठमाडाैं । एनआईसी एशिया क्यापिटल सेयरधनीलाई ३ कराेड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हाे ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।