काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको ३९ लाख २८ हजार ८७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज (भदौ १८ गते बिहीबार) मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।
साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था, दिव्या लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । यी तीन संस्था एक बराबर एक बराबर एक(१ः१ः१) को अनुपातमा गाभिएर एनआरएन लघुवित्तको नामबाट कारोबार शुरु गर्ने भएका हुन् ।
त्यसपछि प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको ३९ लाख २८ हजार ८८ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै संस्थाको सो मात्राको सेयर आगामी आइतबार(भदौ २१ गते) बाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।