रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्यो, कहिले हाेला ?

<p>काठमाडौं । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।सोमबार पाटन मंगलबाजर स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबिच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो । ज्योतिस कृति किरण जोशिले २९ गते विहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा [&hellip;]</p>

काठमाडौं । रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।सोमबार पाटन मंगलबाजर स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबिच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो ।

ज्योतिस कृति किरण जोशिले २९ गते विहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए । त्यस लगत्तै स्थानीय युवाहरु र प्रहरीबिच झडप समेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटी सम्म पुर्याएका थिए ।

Share News