नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, कसकाे स्वामित्व कति ?

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस [&hellip;]</p>


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोेड रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण २४ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८० रुपैयाँ रहेको छ ।

Share News