लिवर्टी ईनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

<p>काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (असोज ४ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ [&hellip;]</p>


काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर आइतबार (असोज ४ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एलईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकेको छ ।

उक्त सुचिकरण सम्बन्धि समझदारी पत्रमा लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

यस कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ र कम्पनीद्धारा सर्वेक्षण अनुमति पत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेको छ ।

Share News