नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढायो

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो । कम्पनीले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामको सो मात्राको ऋणपत्र निष्काशन गर्न असोज ५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपश्चात बैंकले ७ वर्षे [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामको सो मात्राको ऋणपत्र निष्काशन गर्न असोज ५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपश्चात बैंकले ७ वर्षे अवधिका लागि ८.५ प्रतिशत व्याजदरकाे ४० लाख थान ऋणपत्र जारी गर्ने छ ।

सोमध्ये बैंकले व्यक्तिगत तवरबाट २४ लाख थान र सर्वसाधारण तवरबाट १६ लाख थान ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

Share News