काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा आगामी कात्तिक ५ गते बोलाएको छ । सो प्रयोजनको लागि फाइनान्सले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म संस्थाकाे बुक क्लोज गर्ने निर्णय गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७५/७६को वार्षिक साधारणसभा गर्न लागेकाे हाे । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको होटेल क्राउन ईम्पेरियलमा भर्चुअल(भिडियो कन्फरेन्स) माध्यमबाट हुने भएको छ ।
सभामा फाइनान्सले बोनस, नगद लाभांश तथा हकप्रद सेयर केहीको पनि प्रस्ताव लगेको छैन ।
हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।