काठमाडौं । समाज लघुवित्तको २ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरे पश्चात साे मात्राकाे सेयर आज (असोज ८ गते) नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै, साधारण सेयर सूचीकरण विनियमावली अनुसार कम्पनीको उक्त सेयर आइतबार(असोज ११ गते)देखि दोश्रो बजारमा किनबेच हुनु पर्ने तर संस्था मर्जर प्रक्रियामा जान लागेकाेले साे दिनदेखि काराेबार नहुने भएकाे छ ।
समाज लघुवित्त स्वस्तीक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेकाे छ। जसको लागि दुई संस्थाबीच असोज ५ गते सम्झौता भइसकेकाे छ ।
उक्त मर्जरमा जाने प्रयाेजनकाे लागि समाज लघुवित्तको आज (असोज ८ गते) देखि बुक क्लाेज भएकाे छ । यससँगै, उक्त मर्जर प्रक्रिया सम्पन्न भए पछि मात्रै कम्पनीकाे सेयर दोश्रो बजारमा किनबेच हुनेछ । नेप्सेले सेयर काराेबारकाे लागि कम्पनीको सिम्बोल ‘एसएएमएजे’ दिएको छ ।
संस्थाको सेयर रजिष्ट्रारकाे काम धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केटले गर्ने भएकाे छ ।