काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको असोज ७ गते सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै संस्थाको उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।
यो समाचार तयार पर्दासम्म बिहीबारको बजारमा हाइड्रोको सेयर मूल्य ९.३८ प्रतिशतले बढेको छ । बुधबार प्रतिकित्ता एक सय २८ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार बढेर प्रतिकित्ता एक सय ४० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १२ रुपैयाँ बढी हो ।

गैह्री धारामा केन्द्रीय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ३६ करोड २८ लाख ८० हजार रुपैयाँ रहेको छ ।