आरम्भ चौतारी लघुवित्तको आजदेखि सेयर कारोबार रोक्का

<p>काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज (असोज ११ गते) देखि सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि बुक क्लोज भएको हो । आरम्भ चौतारी लघुवित्त, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् । जसको लागि गत [&hellip;]</p>

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज (असोज ११ गते) देखि सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि बुक क्लोज भएको हो ।

आरम्भ चौतारी लघुवित्त, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् । जसको लागि गत असोज ९ गते सहमति पत्रमा हस्ताक्षत्र भइसकेको छ ।

यससँगै, उक्त मर्जर प्रक्रिया सम्पन्न नभएसम्म दोश्रो बजारमा संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

सम्बन्धित समाचारः

तीन लघुवित्त मर्जरमा जाने, माघ भित्रै एकीकृत काराेबार गर्ने सम्झाैता

Share News