काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’मा आइतबार प्राविधिक समस्या देखिएको छ । आइतबार बिहानैदेखि उक्त साइट लगइन गर्नमा नै समस्या देखिएकाे हाे ।
सेयर आवेदन दिनेमा समस्या आएको र उक्त समस्याको समाधान हुन लागेको संस्थाका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
‘बिहान देखि नै सेयर आवेदन दिनेमा समस्या देखिएको छ । प्राविधिक साथीहरुले हेर्दैहुनु हुन्छ । त्यसको समाधान हुँदैछ । लगभग आधा घण्टामा उक्त समस्याको समाधान हुन्छ ।’- प्रवक्ता न्यौपानेले भने ।
उक्त साइटमा समस्या देखिएसँगै लगानीकर्ताले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा आवेदन दिन पाएका छैनन् । यसका साथै, दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले इडीआईएस देखि सेयर ट्रान्सफर लगायतका मेरो सेयर मार्फत हुने कामहरु गर्न पाएका छैनन् ।
आईपीओ निष्काशनकाे समयमा लगानीकर्ताकाे बढी चाप हुने भएकाले साइटमा बढी समस्या आउने गरेकाे संस्थाले जनाएकाे छ ।
थप समाचारः
जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, अधिकतम १० हजार कित्तासम्म भर्न पाइने