लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन [&hellip;]</p>


काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ ।

साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचारः

लाभांश घोषणा गर्नेमा पहिलो बन्यो माछापुच्छ्रे बैंक, बोनस र नगद कति ?

Share News