बोनसपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको [&hellip;]</p>

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो ।

मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको १५ मिनेटमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ ।

Share News