काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)को स्वचालित कारोबार प्रणाली आज (कार्तिक २ गते) देखि लागू भएको छ ।
योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ योजना व्यवस्थापकले उक्त प्रणाली लागू भएको हो ।
यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने छन् ।
साथै, लगानीकर्ताहरले व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने सक्नेछन् ।
नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।