काठमाडौं । दोस्रो बजारमा शिव श्री हाइड्रोपावरको पहिलो कारोबार हुन सकेन । बजारमा प्री ओपनिङको समयमा सेयर म्याचिङ हुन नसक्दा बुधबार(कार्तिक १२ गते) को नियमित समयमा संस्थाको सेयर कारोबार हुन नसकेको हो ।
जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा प्री ओपनिङमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ ।
यससँगै मंगलबार नियमित समयमा कारोबार नभएको यस संस्थाको पनि बिहीबार प्रि ओपनिङ समयमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ ।
शिव श्री हाइड्रोको सेयर गत कार्तिक ६ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । जसअनुसार कम्पनीको पनि कार्तिक ७ गतेदेखि कारोबार हुनुपर्ने थियो । तर कार्तिक ७ गतेदेखि कार्तिक १२ गतेसम्म सार्वजनिक बिदाका कारण बजार रहेको थियो ।
पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत एसएसएचएल रहेको छ ।