काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेको छ । संस्थाले आगामी मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
संस्थाको २२औं वार्षिक साधारण सभा आगामी मंसिर २२ गते सोमबार बस्दै छ । उक्त निर्णय कार्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
उक्त सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएकाे छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी सो मात्रा अर्थात १७ करोड ९८ लाख ६४ हजार ६ सय ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जसको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपैयाँ बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । त्यस्तै, बोनस र नगद लाभांशको कर सहित ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाले प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।