माउण्टेन इनर्जीको सेयर आजदेखि भर्न पाइने

<p>काठमाडौं । माउण्टेन इनर्जी नेपालको सेयर आज(कार्तिक २६ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ [&hellip;]</p>

काठमाडौं । माउण्टेन इनर्जी नेपालको सेयर आज(कार्तिक २६ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरको लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।

कम्पनीको सेयरमा इच्छुक लगानीकर्ताले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गते(बैंकिङ समय भित्र)सम्ममा आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था रहेको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।

Share News