काठमाडौं । आज भारतीय सेयर बजारमा निकै उछाल आएको छ । आज बजार खुला भएको केही समयमै बजार एकाएक वृद्धि भइहरेको छ । आज सेन्सेक्सले ४४ हजार पार गरेको छ ।
यस्तै, निफ्टीमा पनि ९० अंकको वृद्धि भएको छ अहिले यसले १२ हजार ८ सय ७० आसपासको कारोबार गरिरहेको छ । यो भारतीय सेयर बजारमा अहिले सम्मकै बढी वृद्धिदर हो । धेरैले यसलाई कोरोनाको भ्याक्सिनसँग जोडेका छन् भने कतिले अमेरिकी राष्ट्रपति जोन बाइडनको जितसँग जोडेका छन् ।
हिजो, अमेरिकी बजार पनि निकै उछाल आएको थियो । फार्मा कम्पनी मार्डाद्वारा कोरोना खोप उत्पादन गरेको घोषणापछि विश्वभरका सेयर मार्केटमा उछाल आइरहेको छ ।
विश्वका अधिकांश देशको सेयर बजारमा उछाल आइरहेको बेला अब नेपालको सेयर बजारले भने कुन रुप लिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ । दशैंपछि खुलेको नेपाली बजारमा निकै उत्साह देखिएको थियो ।
विगत लामो समयदेखि खस्केको सेयर बजारमा दशैंपछि भने निकै उछाल आएको थियो । मार्केट बढेर १७ सय १८ विन्दु पार गरेको थियो । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । अझै पनि सेयर बजार बढ्ने अपेक्षा धेरैको छ ।