काठमाडौं । आइतबारको बजारमा उछाल आएको छ । कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको बजारमा आधा घण्टामै एक अर्ब माथिको सेयर कारोबार भइसेको छ ।
आइतबार बिहान ११ बजेर ३० मिनेट जाँदा कूल एक अर्ब ४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म कुल १७७ कम्पनीको २० लाख २१ हजार ५ सय ८७ कित्ता सेयर किनबेच भइसकेको छ । जुन ९ हजार ८१० पटकको कारोबारमा किनबेच भएकोे हो ।
जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आधा घण्टामै कम्पनीको ११ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेयर मूल्य बढेर ११ सय २८ रुपैयाँ पुगेको छ ।
कारोबार खुलेको केही मिनेटमै १८०० अंक पार गरेको नेप्से परिसूचकमा भने अहिले करेक्सन देखिएको छ । यसअवधिसम्म परिसूचक ९.५६ अंकले बढेर १७८७ अंकमा रहेको छ ।
यो समाचार तयार पार्दासम्म साल्ट ट्रेडिङ् कर्पोरेसनको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले ३० मिनेटमै प्रतिकित्ता ७२४ रुपैयाँ बढी कमाएका छन् । अर्थात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ७ हजार ९६६ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारः