काठमाडौं । आज बिहीबार सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५१ रुपैयाँ थियो ।
मूल्य समायोजन पछिको कारोबारमा बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । बिहीबार कारोबार भइरहेको बजारमा कम्पनीको सेयर मूल्य ४.७४ प्रतिशतले बढीसकेको छ । दिउँसो १२ बजेसम्ममा बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता २४३ रुपैयाँ पुगेको छ ।
