काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।
इन्स्योरेन्सले गत असोज २५ गते मात्र बोर्डसँग आईपीओ जारी गर्ने फाइन बाेर्डमा पठाएकाे थियो ।