माउन्टेन इनर्जीकाे आईपीओ आज बाँडफाँड हुँदै

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आज(मंसिर १७ गते) बिहान १० बजे बाँडफाँड हुँदै छ । निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार उक्त सेयरको बाँडफाँड डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा हुने भएकाे हाे । कम्पनीले गत कार्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म निष्काशन गरेको आईपीओमा ७.६१ गुणा बढी [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आज(मंसिर १७ गते) बिहान १० बजे बाँडफाँड हुँदै छ । निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार उक्त सेयरको बाँडफाँड डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा हुने भएकाे हाे ।

कम्पनीले गत कार्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म निष्काशन गरेको आईपीओमा ७.६१ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार कुल ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । जबकी कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता सेयर बिक्रीमा राखेको थियो ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले कम्पनीले गोलाप्रथाद्वारा बाँडफाँड गर्ने छ । कुल आवेदकमध्ये ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली हुने देखिन्छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरको लागि आवेदन दिन पाउने व्यवस्था थियाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।

Share News