काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बुधबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले २०५० बिन्दु पार गरिसकेको छ ।
कारोबार शुरु भएदेखि नै बजार निरन्तर उकालो लागेको नेप्से करिब साढे १ घण्टामा साढे २ प्रतिशतले बढिसकेको छ । दिउँसो १२ बजेर२४ मिनेट जाँदा परिसूचक ५०.५८ अंकले बढेर २०५०.९८ अंकमा पुगेको छ ।
त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.१५ अंकले बढेर ३९१ अंकमा पुगेको छ ।
यो अवधिसम्म १९५ कम्पनीको ५० लाख ५८ हजार कित्ता सेयर २ अर्ब ६५ करोड रुपैयाँ बराबरमा कारोबार भइसकेको छ ।
बजारमा तीन समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यो अवधिसम्म बैंकिङ्ग, ट्रेडिङ्ग र विकास बैंक समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेको छ ।
