काठमाडौं । नेपाल सरकारले सवारी साधनमा दोस्रो चरणको जोर बिजोर प्रणाली लागु गरेको करिब ५ महिना भइसकेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भनेर लागु गरिएको जोर बिजोर प्रणालीले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्ने भन्दा पनि सर्वसाधारण नागरिकलाई झन बढी सास्ती दिएको प्रष्ट देखिन्छ ।
सडकमा गुडिरहेका छन् । सडकमा मानिसहरुको आवतजावत पहिलेको जस्तै सामान्य अवस्था नै छ । उल्येख्य रुपमा मानिसहरुको संख्या छ । मानिसहरुले दिनप्रतिदिन कोरोना भाइरस बिर्सिरहेका हुन् कि भन्ने भिडभाडहरुबाट प्रष्ट हुन्छ ।
सडकमा सवारी साधनहरुमा जोर विजोर तर भिडभाड अधिक हुनुले पनि सरकारले नागरिकलाई सास्ती दिनैकै लागि जोर बिजोर प्रणाली लागु गरेको होकि भन्ने बुझिन्छ । कोरोना भाइरसकै कारण लामो समयसम्म भएको लकडाउन र त्यसपछि विभिन्न समयमा भएको निषेधाज्ञाले आम सर्वसाधारण नागरिकलाई निकै सास्ती भएको थियो ।
लकडाउनको समयावधिमा हजारौं मानिस बेरोजगार बने । तर पछिल्लो समय सरकारले विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगै विस्तारै व्यापार व्यवसाय तथा कार्यालयहरु पहिलेकै लयमा फर्किन प्रयास गरिरहेका छन् । यही अवस्थामा पनि काम गरेर खाने वर्ग अर्थात सर्वसाधारणहरुका लागि सडकमा जोर बिजोर प्रणाली लागु गर्दा उनीहरुले सास्ती ब्यहोर्नु परेको छ । भिडभाड उल्लेख्य मात्रामा देखिनु तर अझै पनि जोर बिजोर लागु भइरहनुले सरकारको नीतिलाई लज्जित बनाउँछ ।

कोरोना भाइरसको जोखिम उत्तिकै छ । संक्रमणदरमा कमि आउन सकेको छैन । तर, सरकारले पीसीआर परीक्षणमा पनि भने सुस्तता देखाएको छ ।
सरकारले पीसीआर परीक्षणमा देखाएको सुस्ततासँगै कोरोना भाइरसको संक्रमणमा पनि सुस्तता आएको होकि भन्ने अनुमान गर्न सकिन्छ । यो अनुमान यर्थाथता नभएर देखावटी हो । किनकि परीक्षणमा सुस्तता भएसँगै कोरोनाका संक्रमितहरुमा कमि आउनु पनि स्वभाविक हो ।
सरकारले जोर बिजोर लागु गरेर जोर बिजोर नै खुलाउन भुलेको होकि भन्ने अनुमान पनि लगाउन सकिन्छ । सडकमा जोर बिजोर सबै गाडी गुडि नै रहेका देखिन्छन् । तर, सरकारले भने जोर बिजोर लागु गरेको भनिरहेको छ ।

यसले पनि सडकमा कोरोना भाइरसको संक्रमण अझै तीव्र रुपमा फैलिरहेकहो छ कि भन्ने पनि बुझ्न सकिन्छ । सडकमा मात्र होइन विमानस्थलहरुमा पनि त्यो भिड उत्तिकै छ । विमानस्थलबाट विभिन्न ठाउँमा जानेहरुको भिडले विमानस्थल भरिभराउ देखिन्छन् । तर, त्यो भिडमा न कुनै भौतिक दूरी कायम गरेको देखिन्छ नत कुनै स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेको ।

पछिल्लो समय सरकारले लामो दूरीका सवारी साधान, हवाई सेवा लगायतका व्यवसायहरु सञ्चालन गरे सँगै विभिन्न ठाउँहरुमा मानिसहरुको भिडभाड देखिने गरेको छ । त्या भिडभाडमा नत स्वयमं नागरिकहरुले स्वास्थ्य सुरक्षा पालना गरेका हुन्छन् नत सरकारी स्तरबाट स्वास्थ्य सुरक्षाका लागि भनेर कडाई गरेको हुन्छ ।

विमानस्थल सबैभन्दा बढी भिड हुने स्थलमा पर्छ । स्वदेशी नागरिकदेखि विदेशी नागरिकहरुको सगम स्थल विमानस्थलमा पनि कुनै स्वास्थ्य मापदण्ड पालना नगर्नु र सरकारी तवरबाटै हेलचक्र्याईँ हुनुले सरकारले प्रभावकारी रुपमा काम नगरेको प्रष्ट हुन्छ ।