प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि भर्न पाइने

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि(मंसिर २९ गते)देखि भर्न पाइने भएको छ । कम्पनीले भोलिदेखि ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले उक्त सेयरमा आवेदन दिन सक्ने भएका हुन् । इन्स्योरेन्सले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि(मंसिर २९ गते)देखि भर्न पाइने भएको छ । कम्पनीले भोलिदेखि ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले उक्त सेयरमा आवेदन दिन सक्ने भएका हुन् ।

इन्स्योरेन्सले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरीे र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

Share News