चन्द्रागिरी हिल्सको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

<p>काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) हालसम्म ७ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २८ गते आइतबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार २८ हजार आवेदकले ७ लाख ४२ हजार ६८० कित्ता सेयरको लागि आवेदन [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) हालसम्म ७ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २८ गते आइतबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार २८ हजार आवेदकले ७ लाख ४२ हजार ६८० कित्ता सेयरको लागि आवेदन परिसकेको छ ।

कम्पनीले सेयर बिक्री खुला गरेको ११ दिनको अवधिमा सो मात्राको आवेदन परेको हो । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित इच्छुक स्थानीयले आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

Share News