धितोपत्र बोर्डले भन्यो- ब्रोकर कमिसन घट्छ नै, अंक र मापदण्डबारे यस्तो छ गृहकार्य

<p>काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउने भएको छ । कारोबार महंगो भएकोले कमिसन घटाउन लागिएको हो । कमिसन कम गर्नका लागि गृहकार्य अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । कमिसन घटाउनको लागि संचालक समितिका सबै सदस्य सहमत भएको र सोही अनुसारको गृहकार्य भएर अन्तिम चरणमा पुगेकोले केही दिनभित्रै कमिसन [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउने भएको छ । कारोबार महंगो भएकोले कमिसन घटाउन लागिएको हो ।

कमिसन कम गर्नका लागि गृहकार्य अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । कमिसन घटाउनको लागि संचालक समितिका सबै सदस्य सहमत भएको र सोही अनुसारको गृहकार्य भएर अन्तिम चरणमा पुगेकोले केही दिनभित्रै कमिसन घटाउने निर्णय सार्वजनिक हुने उनले बताए ।

‘म विदेश गएको थिएँ, त्यहीबाटै भर्चुअल मिटिङ गरेर कमिसन घटाउने नीतिगत सहमति गरिएको थियो, आजदेखि म कार्यालय आएको छु, कमिसन घट्छ, कति घटाउने र कुन मोडालिटीमा घटाउने भन्ने बारेमा अलिकति गृहकार्य बाँकी छ,’ अध्यक्ष ढुंगानाले भने ।

ब्रोकर कमिसन घटाउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डले लिने कमिसन पनि घटाउने कि समग्रमा ब्रोकरको घटाएर सबैको कम गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको हो । अहिले ब्रोकरले लिएको कमिसनमा नेप्सेले २० प्रतिशत र बोर्डले ६ प्रतिशत कमिसन लिने गरेका हुन्छन् ।

नेप्सेले लिने अहिलेको २० प्रतिशत कमिसनलाई घटाएर १० वा १५ प्रतिशत गर्दा ब्रोकर कमिसन धेरै कम नहुने र विवाद कम हुने विश्लेषण बोर्डको छ । तर, नेप्से पनि सरकारी कम्पनी भएकोले सरकारी आम्दानी मात्रै घटाउनु उचित नहुने तर्क पनि आएको छ । यस्तो अवस्थामा ब्रोकरले लिने समग्र कमिसन घटाउँदा बोर्ड र नेप्सेको कमिसन पनि स्वतः कम हुने विश्लेषण पनि गरिएको छ ।

Share News