तिनाउ मिसन डेभलपमेन्ट बैंकले बोनस सेयर वितरण गर्ने, नगद लाभांश छैन

<p>काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख [&hellip;]</p>

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख ८६ हजार ६३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त बोनस सेयर पाउने छन् ।

उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटी हो । विकास बैंकले आघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Share News