राजनीतिमा आएको उतारचढावसँग लगानीकर्ता झस्किए, नेप्से ६३ अंकले घट्दा कारोबार ५ अर्ब

<p>काठमाडौ । आज नेपाली राजनीतिमा आएको उतारचढावको प्रवाह सेयर बजारमा देखिएको छ । आज साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६३ अंकले घटेको छ । यो समाचार तयार पार्दा ( साढे १ बजे)सम्म नेप्से परिसूचक ६३ अंकले आरोलो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ अंकले घटेको छ । प्रधानमन्त्री ओलीले संसद [&hellip;]</p>

काठमाडौ । आज नेपाली राजनीतिमा आएको उतारचढावको प्रवाह सेयर बजारमा देखिएको छ । आज साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६३ अंकले घटेको छ । यो समाचार तयार पार्दा ( साढे १ बजे)सम्म नेप्से परिसूचक ६३ अंकले आरोलो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ अंकले घटेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै दिन लगानीकर्ताहरु लगानी गर्न डराएका हुन् ।

साताको पहिलो दिन आइतबार ३.१० प्रतिशतले घटेको हो । गिरावट आएको नेप्से परिसूचक १९६९.४२  बिन्दुमा पुगेको हो ।

हालसम्म १ सय ९५ कम्पनीले सेयर कारोबार गरेका छन् भने ७८ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, ५ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

Share News