बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी २८औं वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी २८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News