
काठमाडौं । युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको छ । फाइनान्सले सो दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा जाने प्रयोजनको लागि संस्थाले पुस १४ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जुन निर्णय पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
संस्थाको सभा भर्च्युअल माध्यमबाट हुने भएकाले संस्थाले सेयरधनीलाई जुमको आईडी पासकोड उपलब्ध गराउने भएको छ । उक्त सभामा पुस १३ गतेसम्म कायम सेयरधनी मात्रै भाग लिन योग्य हुने छन् ।
फाइनान्सले सभामा सेयरधनीलाई बाेनस, नगद लगायतकाे लाभांश प्रस्ताव केही पनि नलैजाने भएकाे छ ।
सम्बन्धित समाचार