गरिमा विकास बैंकले घोषणा गर्यो गत आर्थिक वर्षको लाभांश

<p>काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल विकास बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । १३.५ प्रतिशत बोनस पछि कम्पनीको सेयर मूल्य ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित १४.२१ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश(१६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद) वितरण गरेको थियो ।

Share News