हालसम्मकै ठूलो आईपीओ माघ २ गतेदेखि भर्न पाइने

<p>काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले आगामी माघ २ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघ २ गतेदेखि आईपीओ जारी गर्ने बताएका हुन् । विकासन्युजसँग कुरा गर्दै बैंकका निमित्त सीईओ पाण्डेले आगामी माघ २ गतेदेखि आईपीओ निश्काशन गर्ने गरी भोलि पुस २१ गते आव्हान पत्र सार्वजनिक [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले आगामी माघ २ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघ २ गतेदेखि आईपीओ जारी गर्ने बताएका हुन् ।

विकासन्युजसँग कुरा गर्दै बैंकका निमित्त सीईओ पाण्डेले आगामी माघ २ गतेदेखि आईपीओ निश्काशन गर्ने गरी भोलि पुस २१ गते आव्हान पत्र सार्वजनिक गर्ने लागिएकाे बताएका हुन् ।

बैंकले गत पुस १० गते मात्रै बैंकलाई आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

यससँगै बैंकले सर्वसाधारणलाई कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत (कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

Share News