सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

<p>काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्ष यताकै उच्च लाभांशदर हो । पुस २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्ष यताकै उच्च लाभांशदर हो ।

पुस २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५७ प्रतिशत लाभांश(नगद मात्रै) वितरण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को नाफाबाट ४.०५ प्रतिशत लाभांश (नगद मात्रै) वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीले १०.७९ प्रतिशत लाभांश पाएका थिए ।

Share News