काेराेना संक्रमण बढेपछि लालबन्दी नगरपालिकाका सबै विद्यालय बन्द

<p>काठमाडौं । प्रदेश २ को सर्लाही जिल्लामा पर्ने लालबन्दी नगरपालिकाले कोरोना संक्रमण दर बढ्न थालेपछि पालिकाभित्रका सबै पठनपाठन स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै १४ गते मंगलबारबाट विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हाे अर्काे सूचना जारी नभएसम्म वैकल्पिक माध्यमबाट पठनपाठन गराउनको लागि विद्यालयहरूलाई पालिकाले निर्देशन दिएको छ । पछिल्लो समयमा संक्रमण तीव्र [&hellip;]</p>

काठमाडौं । प्रदेश २ को सर्लाही जिल्लामा पर्ने लालबन्दी नगरपालिकाले कोरोना संक्रमण दर बढ्न थालेपछि पालिकाभित्रका सबै पठनपाठन स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै १४ गते मंगलबारबाट विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हाे

अर्काे सूचना जारी नभएसम्म वैकल्पिक माध्यमबाट पठनपाठन गराउनको लागि विद्यालयहरूलाई पालिकाले निर्देशन दिएको छ ।

पछिल्लो समयमा संक्रमण तीव्र रुपमा बढेर गुणात्मक रूपमै उकालो लागेकाले विद्यार्थीहरुमा संक्रमण बढ्ने जोखिम उच्च भएको कारण विद्यालयहरू बन्द गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदर्शन श्रेष्ठले जानकारी दिए । हाल पलिकाको सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको पनि श्रेष्ठले बताए ।

नागरिकहरूले स्वास्थ्य मापदण्ड अप्नाई भिडभाड कम गर्न पनि नगरपालिकाले अपिल गरेको छ । पालिकाले स्वास्थ्यकर्मीहरूलाई पनि अनावश्यक बिदामा नबस्नको लागि आग्रह गरेको छ ।

Share News