काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिने भएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द हुने भएका हुन् ।
कोरोना भाइरस नियन्त्रण तथा समन्वय समितिको जेठ १२ गते बसेको बैठकले जेठ १९ गतेसम्मका लागि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गर्ने निणय गरेको हो ।
नगरपालिकाको मातहतमा स्वास्थ्य सेवा बाहेक, नगरपालिका कार्यालय, वडा कार्यलय सबै, शैक्षिक संस्थाहरु, हाटबजार, एवं अन्य सरकारी तथा गैरसरकारी संघ/सस्थाहरुबाट पनि अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ ।
नगरपालिकाका बैंक तथा वित्तीय सस्थाहरुले विहान ११ बजे देखि २ बजेसम्मको लागि मात्र स्वास्थ्यका मापदण्डहरु पुर्ण पालना गरी खेल्न पाउने भएका छन् ।